काठमाडौं ।
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एक सातापछि मात्रै मन्त्री निवास छाड्ने भएकी छिन् ।
सामान्यतयास् मन्त्री पद गएपछि लगत्तै निवास छाड्ने प्रचलन रहेपनि सहरी विकासमन्त्रीको जिम्मेवारीबाट बिदा भएकी झाँक्रीले भने हप्ता दिनपछि मात्रै मन्त्री निवास छोडेर आफ्नो घर बानेश्वर जाने भएकी हुन् ।
एकीकृत समाजवादीबाट राजीनामा दिएका अरु सबै मन्त्रीले मन्त्री निवास छोडेपनि झाँक्रीले नछोडेको भन्दै पार्टीभित्रै आलोचना भएको एक नेताले बताए ।
‘पार्टीले राजीनामा माग्ने वित्तिकै झाँक्री लगायत सबै मन्त्रीले अटेर गरे । कहिले बालुवाटार कहिले खुमलटार पुगेर मन्त्री पद जोगाइ दिनपर्यो भनेर गुहार माग्नुभयो’ ती नेताले भने, ‘अहिले सबै मन्त्रीले राजीनामा दिएर मन्त्री निवास छोडे। झाँक्री कमरेडलाई हप्ता दिन लाग्ने भयो । सरकारी गाडी पनि प्रयोग गरिराख्नु भएको छ ।’
झाँक्रीले मन्त्रीबाट राजीनामा दिएपछि नयाँ मन्त्रीमा मेटमणि चौधरीले जिम्मेवारी सम्हालेका छन् ।