जेलेन्सीको आग्रह : जाडो महिनाअघि नै रुससँगको युद्ध अन्त्य गर्न सहयोग गर्नुस

केन्द्रभाग मिडिया

काठमाडौं ।

लामो समयदेखि रुसले आक्रमण गरिरहेको युक्रेनले युद्ध अन्त्यमा सहयोग गर्न जी सेभेन राष्ट्रसँस आग्रह गरेको छ ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले जाडो महिना सुरु हुनु अघि नै रुससँगको युद्ध अन्त्य गर्न सहयोग गर्न जी–७ राष्ट्रहरूलाई आग्रह गरेका हुन् ।

जेलेन्स्कीले सो मौसममा आफ्ना सैनिकलाई रुसविरुद्ध लड्न कठिन हुने बताउँदै यो वर्षको अन्त्यसम्ममा युद्ध अन्त्य गर्न आग्रह गरेको एएफपीले समाचारमा उल्लेख गरेको छ ।

जेलेन्सीकीले भर्चुअल रूपमा जर्मनीमा आयोजित जी–७ सम्मेलनलाई सम्बोधन गरेका थिए । उनले जी–७ राष्ट्रसँग हवाई सुरक्षा प्रणाली निर्माण, पुनर्निर्माण, खाद्यवस्तुको निर्यातलगायतका लागि सहायता मागेका थिए ।

उनले रुस विरुद्ध प्रतिबन्धहरूमा थप कडाइ गर्न पनि आग्रह गरेका थिए ।

  • १३ असार २०७९, सोमबार १७:०३ प्रकाशित