पदबहाली गर्दै नवनियुक्त मन्त्री चौधरीले भने : चार सयको स्पिडमा काम गर्छु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले पदभार सम्हालेका छन् । सपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर चौधरीले पद सम्हालेका हुन् ।

सो अवसरमा मन्त्री चौधरीले आफूले तीन सयदेखि चार सयको स्पिडमा काम गर्ने दावी गरे । मोटरसाइकल हिरोहण्डा पनि हुन्छ अर्को पनि हुन्छ, म तिब्र गतिमा चढ्ने मोटरसाइकलको गतिमा काम गर्नु, उनले भने ।

उनले सहरी विकासको लागि मुख्य शहरमा विकास प्राधिकरण बनाउने पनि घोषणा गरे । ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु । यो पदको दुरुपयोग गर्दिनँ, उनले भने ।

  • १३ असार २०७९, सोमबार १२:४० प्रकाशित