पोखरा ।
पोखरामा मोटरसाइकलले ठक्कर दिदाँ पैदलयात्रीको मृत्यु भएको छ । पोखराको गौडामुखमा आइतबार करिब १० बजे मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएको हो ।
ग ११ प ७३८५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । लम्जुङ घर भई हाल पोखरा महानगरपालिका भद्रकाली बस्ने ५३ बर्षीया जुना कुमारी गुरुङलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ।
दुर्घट्नापछि गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यलयका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । मोटरसाइकल सहित चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














