बिदाई कार्यक्रममा किसानले भने : मन्त्री भएर पैसा कमाउने लोभलालच थिएन

केन्द्रभाग मिडिया

श्रम मन्त्रालयबाट बिदाई हुँदै गर्दा मन्त्री किसान श्रेष्ठले पत्रकार सम्मेलन गरिरहनुको औचित्य नभएको बताएका छन् ।

सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा सोमवार बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन भएपछि पद स्वतः जाने भएकोले पत्रकार सम्मेलन नै गरेर जानकारी दिनुपर्ने आवश्यता नरहेको बताएका हुन् ।

‘’जन्मपछि मृत्यु मिलनपछि विछोड सबैलाई लागू हुन्छ। हामी बिदाइ कार्यक्रममा छौ। काम गर्ने सिलसिलामा ८ महिना २१ दिन तपाईहरुसँगै बसेर काम गर्ने र सिक्ने मौका पाए। तपाईहरुको २० औं वर्षको अनुभव साटासाट गर्ने मौका पाए। यो मौकाका लागि पार्टीका अध्यक्ष र पार्टीलाई धन्यवाद छ । ’ उनले भने ।

साथै उनले मन्त्री भएर पैसा कमाउने लोभलालच नभएको बताएका छन् । ‘मन्त्रीमा टाँसिन कहिले बालुवाटार र कहिले खुमालटारमा दौडे भन्ने कुरा पनि आयो। यो हैन हामी बजेटको जवाफ दिन बसेको हुँ। मलार्ई मन्त्री भएर पैसा कमाउने लोभलालच थिएन । आज पनि मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु ।’

  • १३ असार २०७९, सोमबार १२:११ प्रकाशित