पोखरा महानगको बजेट एमालेले रोक्यो, रातो किताब च्यातियो

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगर पालिकाको नगर सभा नेकपा एमालले बहिस्कार गरेको छ । नगर सभामा बहुमत रहेको एमालेले नगर सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै सभा बहिस्कार गरेको हो । ४ बजेका लागि बोलाइएको नगर सभा ढिलो गरी साढे चार बजे सुरु भएको थियो । राष्ट्रिय गान सकिए लगत्तै एमालेबाट निर्वाचित जनप्रतिनिधिले उठेर नारावाजी गरेका थिए ।

रोष्टममा पुगेकी एमाले नगर सभा दलका नेता  राधिका शाहीले वडालाई दिएको सिलिङ समावेस नभएको भन्दै रातो किताव नै च्यातेकी थिइन् । नगर सभामा प्रस्तुत भएपछि मात्र राता किताब छापिनु पर्छ भन्दै वडा नम्बर १७ कि वडाध्यक्ष समेत रहेकी शाहीले यस्तो गम्भीर त्रुटी सच्याउन माग गर्दै नगर सभा बहिस्कार गरिएको बताइन् ।

एमालेबाट निर्वाचित सदस्यहरुले बैठकका नारावाजी गरे पछि सभा अध्यक्ष नगर प्रमुख धनराज आचार्यले उपमेयर मञ्जुदेवी गुरुङलाई यस वारे बोल्न समय दिएका थिए । गुरुङले पनि रातो किताब किन अयो भन्नेमा आफु पनि अनभिज्ञ रहेको बताउदै यस वारे मेयरले प्रश्ट पार्नुपर्ने बताइन् । गुरुङ एमालेबाट निर्वाचित भएकी हुन् ।

एघारौँ नगरसभाका अध्यक्ष एवं महानगर प्रमुख धनराज आचार्यले किताब मस्यौदामात्र भएको र अन्तिम रातो किताब नभएको बताएका छन् । महानगरको नम्बर नघटोस् भनेर लिजा (स्थानीय तह स्वमूल्यांकन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार गरेको आचार्यले स्पष्ट पारेका थिए ।एमाले सांसद भने जनप्रतिनिधिको अधिकार सुनिश्चित गर्न भन्दै नारावाजी गरेका थिए । अहिले बैठक चलाउने प्रयास भइरहेको छ ।

  • १० असार २०७९, शुक्रबार १७:५३ प्रकाशित