काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दोस्रो पटक सरेको छ ।
आगामी असार १५ गते बस्ने भनिएको बैठक असार १९ गते सारिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए । यसअघि जेठ २० गते बस्ने भनिएको बैठक असार १५ गतेका लागि सारिएको थियो ।
ढकाललको अनुसार असार १५ गते नै बैठक बस्न खोजेकामा केन्द्रीय कार्यालय पेरिसडाँडामा ठाउँ नपुग्ने र तत्काल प्रज्ञा भवन कमलादीमा स्पेस नभएकाले असार १९ गतेका लागि बैठक सारिएको हो । बैठक तीन दिनसम्म चल्नेछ ।
केन्द्रीय समिति बैठकबाट अपूर्ण केन्द्रीय समितिले पूर्णता पाउने बताएको छ । अरु पार्टी पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी प्रदेश र संघको चुनावपछि गर्ने माओवादी तयारी छ ।














