काठमाडौंमा हैजा : रोकथाम गर्न समिति गठन

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंमा केही दिन अघि देखिएको हैजा रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली गठन गरेको छ ।

स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो ।काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि टोलीले काम गर्ने अधिकारीले बताए ।

काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ । बाग बजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमुना संकलन भइसकेको छ ।

चारवटा केसको ट्रेस भइसकेको र बागबजार क्षेत्रको पानी परीक्षण गर्न ल्याबमा पठाएको छ । ल्याब रिपोर्ट आउन बाँकी छ

  • ८ असार २०७९, बुधबार १७:०० प्रकाशित