काठमाडौं ।
भारतीय सेनाका प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।
पाण्डे आगामी अगस्त महिनामा नेपाल आउने बताइको छ । नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेना प्रमुख पदबाट सम्मानित गर्ने उल्लेख गरेका छन् । यस्तो उपाधि पाउने उनी भारतका २९ औँ सेना प्रमुख हुनेछन् ।
सोमबार मात्र भारतका लागि नेपालका राजदूत डा. शङ्करप्रसाद शर्माले भारतीय सेना प्रमुखसँग छलफल गरेका थिए ।