पुराना जहाज किन्न कडाइ गर्ने सरकारको निर्णयमा वायुसेवा कम्पनीको आपत्ति

केन्द्रभाग मिडिया

काठमाडौं । सरकारले पुराना जहाज किन्न कडाई गर्ने भएपछि वायुसेवा कम्पनीहरुले आपत्ति जनाएका छन् ।आफुहरुसँग सल्लाह नै नगरी सरकारले एकतर्फी निर्णय सुनाएको भन्दै निगमले कडा विरोध गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गत असार १ गते बसेको संसद बैठकमा प्रेसराइज जहाज १० वर्ष र ननप्रेसराइज जहाज १५ वर्ष पुरानो भएपछि किन्न नपाउने गरी सरकारले नियम बनाउन लागेको बताएका थिए ।

अहिले यस्तो नियम १५ र २० वर्ष रहेको छ ।पुराना जहाजका कारण दुर्घटना निम्तिएको भन्दै यस्तो नियम बनाउने तयारी भएको मन्त्री आलेले बताएका थिए ।

उनीहरुले मन्त्रीले स्वच्छाचारी, अव्यवहारी तथा तर्कहिन अभिव्यक्ति भएको भन्दै यसलाई कार्यान्वयन नगर्नरनगराउन प्रधानमन्त्री समक्ष आग्रह समेत गरेका छन् ।

वायु सेवा निगमले आज शुक्रबार प्रधानमन्त्रीलाई पत्र समेत पठाएको छ। उनीहरुले विमानको उमेरसँग जहाज दुर्घटना दाँज्न नमिल्ने बताएका छन् ।

  • ३ असार २०७९, शुक्रबार १७:०४ प्रकाशित