जिसस पाल्पामा एमालेको प्यानल नै विजयी

केन्द्रभाग मिडिया

पाल्पा ।

जिल्ला समन्वय समिति पाल्पामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा टंकनाथ खनाल तथा उपप्रमुखमा काशिका ज्ञवाली गैरे निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा वसन्ता ज्ञवाली, केशमाया सुनार,( दलित महिला दसस्य) विष्णुकुमारी कँडेल घिमिरे, केशबराज खराल, भविसरा सारु (महिला सदस्य), रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भए । निर्वाचित सबै पदाधिकारीले ११ मत ल्याएका छन् । गठबन्धन दलको तर्फबाट उम्मेद्वारी दिएका उम्मेदवारहरुले ९ मत ल्याएका थिए ।

  • ३ असार २०७९, शुक्रबार १६:३६ प्रकाशित