काठमाडौं ।
पछिल्लो समय निकै आलोचना भइरहको स्टेट पार्टनरसीप प्रोग्राम(एसपीपी) बारे भइरहेको हल्लाको यर्थाथ छलफलका लागि अहिले बैठक चलिरहेको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रम सेनालाई मान्य नभएको बताएका छन् । एसपीपीबारे स्पष्ट पार्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएको बैठकमा प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का लगायत उपस्थित रहेका छन् । जारी छलफलमा प्रधानसेनापति शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताए ।
‘एसपीपी कुनै हालतमा हाम्रो काम छैन । एसपीपी हाम्रो लागि मान्य छैन,’ प्रधानसेनापति शर्माले भने । बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया र प्रतिक्रिया आउनु स्वाभाविक भए पनि अब त्यसमा बिराम लगाउनुपर्ने बताए ।
सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको उनको भनाइ थियो ।’ मानवीय सहयोगका लागि चिठी लेखेको हो सैन्य गठबन्धनमा जाने भएपछि हामी जाने होइन,’उनले भने ।