नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै दिन ३६ अंकको गिरावट आएको छ । आज कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अंकले घटेर १९ सय अंकको बिन्दुमा आइपुगेको हो ।
२ हजार अंकमा रहेको परिसूचक खुम्चिएर १९ सय ९६ अंकमा आइपुगेको छ । यस्तै, आज सेन्सेटिभ समूहमा ६ अंकको गिरावटसँगै ३८३ अंकमा आइपुगेको छ । यसक्रममा आज नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनेबेच भएको छ ।
परिसूचक उच्च अंकले घटेको दिन आज कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै २४२ अंकको गिरावट आउँदा जीवन बीमा समूहमा १८६ अंकको गिरावट आएको छ । यसैगरी, लघुवित्त समूह ७७ अंक, विकास बैंक समूह ७६ अंक, उत्पादनमूलक समूह ६७ अंक, जलविद्युत समूह ६६ अंकले घटेका छन् ।