बुटवल ।
नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।मन्त्री जस्तो पदमा रहेको व्यक्तिले सर्वसाधारणको घरभित्र घुसी हातपात र दुव्र्यवहार गरेको भन्दै एमालले उनलाई बर्खास्त गर्न माग गरेको हो ।
वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यबहार गरेकी थिइन् ।
वलीको एकराज बस्नेतसँग अनैतिक सम्बन्ध रहेको खुलासा हुन आएको छ ।ओलीले एकराजको घरमा घुसेर बबन्डर मच्चाएपछि उनलाई प्रहरी सोधपुछको लागि नियन्त्रणमा लिएको बताइएको छ।