छिमेकीलाई टुनामुना गरेर बिरामी पारेको भन्दै बोक्सी आरोपमा वृद्धा महिलामाथि कुटपिट

केन्द्रभाग मिडिया

महोत्तरी ।

महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट भएको छ । जलेश्वर नगरपालिका(६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको छ ।

छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको बताइएको छ । कुटपिटका क्रममा दुवैजनाको मुख, घाँटी र ढाडमा चोट लागेको छ । अहिले कालोदेविको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइइरहेको छ ।

दुलहरिया लुछेर उनको कपडा खोलेर नजिकै रहेको पोखरीमा डुबाइएको थियो।अहिले दुलरिया देवीको गाउँमा नै घरेलु उपचार भइइरहेको छ । ५२ र ५३ वर्षीया दुवै महिलालाई मलमुत्र खुवाउने प्रयाससमेत भएको पीडित पक्षको भनाई छ ।

  • २९ जेष्ठ २०७९, आईतवार ०८:३१ प्रकाशित