तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल देशभर सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना  छ ।

राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली र वाँकी भूभागहरुमा आंशिक देखि मौसम सफा रहनेछ ।

प्रदेश १ र मधेश प्रदेशका धेरै स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक / दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

  • २९ जेष्ठ २०७९, आईतवार ०६:३३ प्रकाशित