काठमाडौं ।
सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । आज शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी दिएको हो ।
नेपाल आयाल निगमले डिजेलको मूल्य एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा ११ जेठबाटै लागू भएको छ ।
विभागका अनुसार यात्रुबाहक सवारीमा २.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको छ ।
११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो ।
भाडादर हेर्न यहाँ क्लिक गर्नुहोस।