लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।
विभिन्न माग राख्दै लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् । लोसपाले थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतका माग राखेको छ।
त्यस्तै, कालोबजारी र महँगी नियन्त्रण गर्न पनि लोसपाले सरकार समक्ष माग राखेको छ ।