हदम्यादसम्बन्धी व्यवस्था तत्काल पुनर्विचार हुन नसक्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।
सरकारले यौनजन्य हिंसाको घटनामा उजुरीको हदम्याद तत्काल अघि नबढाउने भएको छ।

आज प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानुन मन्त्री गोविन्द बन्दीले तत्काल पुनर्विचार हुन नसक्ने स्पष्ट पारेका हुन् । एउटा घटनालाई मात्र लिएर हदम्याद सम्बन्धि पुर्नविचार गर्न नहुने उनले तर्क गरे ।

कानुन आयोगले सर्वोच्च अदालतले प्रतिपादन गरेका नजीर, हदम्याद सम्बन्धि प्रावधान र सामाजिक परिवेश हेरेर प्रतिवेदन दिने र त्यसपछि मात्रै पुनर्विचार गर्न सकिनेमा बताए ।

कानुुन सुधार गर्दा एउटा परिघटनाबाट प्रभावित नभई समग्र कानुन निर्माण गर्ने क्रममा समाजको सवालहरुको बारेमा अध्ययन छलफल गरेर कानुन परिमार्जन गर्ने पनि बताए ।

  • २३ जेष्ठ २०७९, सोमबार १६:४७ प्रकाशित