जसपामा मन्त्रीका आकांक्षी धेरै : आफूहरुलाई मन्त्री बनाउन माग गर्दै यी सांसदको छुट्टै भेला

केन्द्रभाग मिडिया

काठमाडौं ।

 जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री परिवर्तन गर्ने तयारी भएसँगै सांसदहरुले छुट्टै भेला बोलाएका छन् ।

जसपामा मन्त्रीका आकांक्षी धेरै भएपछि पार्टीभित्र लफडा सुरु भएको छ । मन्त्री हेरफेर गर्ने जसपाको तयारीसँगै मा लफडा सुरु भएको छ । आधा दर्जन नेता तथा सांसदहरूले आफुहरुलाई मन्त्री बनाउनुपर्ने माग गर्दै छुट्टै भेला आयोजना गरेका छन् ।

अध्यक्ष उपेन्द्र यादवलाई आफूहरूमध्येबाट मन्त्री बनाउन दबाब दिने उद्देश्यका साथ पार्टीका आधा दर्जन सांसदहरूले छुट्टै भेला गरेका हुन् ।

यसरी भेला गर्नेमा जसपाका प्रभावशाली नेता इस्तियाक राई, मिर्गेन्द नारायण यादव, रामबाबु कुमार यादव, प्रमोद यादव, डा सूर्य नारायण यादव, प्रमिला यादवलगायत रहेका छन् ।

  • २३ जेष्ठ २०७९, सोमबार १०:४४ प्रकाशित