जसपाले पनि मन्त्री हेरफेर गर्दै : यी नेतालाई मन्त्री बनाउने तयारी(नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) ले पनि मन्त्री हेरफेर गर्ने भएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले यसअघि भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नियुक्त गरेपछि जसपाले पनि मन्त्री फेर्ने तयारी गरेको हो । अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको बताइएको छ ।

पार्टीको तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीमध्ये तीनलाई फिर्ता बोलाउने तयारी भएको बताइएको छ । जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्रराय यादव र रामसहाय प्रसाद यादव मन्त्री छन्।

सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेका महेन्द्रराय यादवबाहेकका मन्त्रीलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह, इस्तियाक राईलाई सरकारमा पठाउने तयारी भइरहेको बताइएको छ ।

  • २३ जेष्ठ २०७९, सोमबार ०८:५९ प्रकाशित