एसले बुझायो नयाँ मन्त्रीको नाम : यी हुन् अब बन्ने ५ मन्त्री (नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले हाल भएका मन्त्रीलाई फिर्ता बोलाएको छ ।

सचिवालय बैठकले मन्त्री हेरफेर गदैृ यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए ।

उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् ।

  • २२ जेष्ठ २०७९, आईतवार १६:०२ प्रकाशित