संघ र प्रदेशको निर्वाचन मंसिरमा हुन्छ : प्रधानमन्त्री देउवा

केन्द्रभाग मिडिया

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरभित्र सम्पन्न गराउने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले मंसिर या फागुनमा निर्वाचन गर्नेमा विवाद नभएको बताए।

काठमाडौंमा भएको हाफ म्याराथन कार्यक्रमको उद्घाटनपछि बोल्दै कंग्रेस सभापति समेत रहेका देउवाले गठबन्धनका दलहरुबीच सहमति कायम गरेर कात्तिक या मंसिरमै चुनाव गराउने प्रतिवद्धता जनाएका हुन्।

यो विषयमा प्रतिपक्षी दल नेकपा एमालेले भने मंसिरमा चुनाव सम्भव रहेपनि सत्ता गठबन्धनको विश्वास गर्ने ठाउँ नरहेको बताएको छ।

एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता गठबन्धनको विश्वास गर्न गाह्रो हुने बताए।सत्ता गठबन्धनकै अर्को घटक नेकपा माओवादी केन्द्रले भने निर्वाचन आयोगले तोके बमोजिम आफूहरु चुनावका लागि तयार हुने स्पष्ट पारेको छ। माओवादीका प्रमुख सचेतक देव गुरुङले चुनावको मितिका विषयमा निर्वाचन आयोगलाई थाहा हुने बताए।

  • २२ जेष्ठ २०७९, आईतवार १४:२८ प्रकाशित