एकीकृत समाजवादीले बन्दीबाहेक सबै मन्त्री फिर्ता बोलाउदैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) ले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । पार्टीका तर्फबाट सरकारमा सहभागी भएकाहरुको ६ महिनाभन्दा बढि समय व्यतित गरेकाहरुलाई तत्कालै फिर्ता बोलाउनेगरि एकीकृत समाजवादीले गृहकार्य थालेको छ।

पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले  पार्टीबाट सरकारमा सहभागी भएकाहरुलाई फिर्ता बोलाउने तयारी भएको बताए । । सरकारमा ६ महिनाभन्दा बढि समय व्यतित गरेका सबैलाई फिर्ता बोलाउँदैछौं । अहिले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबैको ६ महिनाभन्दा बढि समय भयो, उहाँहरु सबैलाई फिर्ता बोलाउँदैछौं ।

अहिले एकीकृत समाजवादीबाट पर्यटनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रममन्त्रीमा कृष्णकुमार श्रेष्ठ छन् । त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ छन् । उनीहरुलाई फिर्ता बोलाएर नयाँ सेट पठाउने पार्टीको तयारी रहेको खनालको भनाई छ । बन्दी भने स्वतन्त्रबाट मन्त्री बनेका हुन् । उनी हालै मन्त्री बनेका हुन् । सांसद नरहेका स्वतन्त्र व्यक्ति ६ महिनासम्म मन्त्री बन्नसक्ने संवैधानिक प्रावधान छ ।

समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले गठबन्धन सरकारमा पार्टीबाट मन्त्रीहरु पठाउँदा ६ महिनाका लागि भनेर पठाएको भन्दै उनीहरुको कामबारे समीक्षा हुने बताए।

‘अहिले पठाएका मन्त्रीहरूलाई पनि हामीले ६ महिना भनेर पठाएका थियौं। ६ महिनाभन्दा बढि भइसक्यो। उहाँहरूको कामको समीक्षा हुन्छ । शीर्ष नेताहरूको बीचमा समझदारी भएपछि मात्रै थप निर्णय होला अहिले त्यो बारेमा कुनै निर्णय भएको छैन’, उनले भने ।

  • २२ जेष्ठ २०७९, आईतवार १४:१० प्रकाशित