माओवादीले पार्टी सदस्यबाट १०० रुपैयाँ उठाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले पार्टी भित्रका सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको छ।

माओवादीले पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको हो । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न सदस्यहरुबाट सय रुपैयाका दर पैसा उठाउन लागेको माओवादी केन्द्रले जनाएको छ।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको हो ।

पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिना भित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको जानकारी दिए ।

  • २२ जेष्ठ २०७९, आईतवार १३:४२ प्रकाशित