नयाँ समीकरणको तयारी भइरहेको छ : प्रचण्ड

केन्द्रभाग मिडिया

नेकपा (माआवादी केन्द्रं) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरणको तयारी भइरहेको बताएका छन् । आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उनले यस्तो बताएका हुन् ।

“गठबन्धनमा नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको छ । कतिपय पार्टीहरूमा विभाजनको खतरा पनि देखिरहेको छ । यो बेलामा हामीले ठिक ढंगले भूमिका निर्वाह गर्नुपर्छ । हामीलाई अवसर र चुनौती पनि आउन सक्छ,” प्रचण्डले भने ।

साथै प्रचण्डले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन कायम रहने समेत बताएका छन् ।

 

  • २२ जेष्ठ २०७९, आईतवार १३:२० प्रकाशित