प्रचण्ड भेट्न गृहमन्त्री पुगे खुमलटार, गठबन्धन बलियो बनाउनेबारे छलफल

केन्द्रभाग मिडिया

काठमाडौं।

गृहमन्त्री बालकृष्ण खाँण नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न खुमलटार पुगेका छन् । प्रचण्ड निवास खुमलटारमा आज विहान भएको भेटर्वाामा पाँच दलीय गठबन्धन बलियो बनाउनेबारे छलफल भएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पनि यही गठबन्धनबीच तालमेल गर्नेबारे उनीहरुबीच छलफल भएको छ । संसद्को निर्वाचनको लागि गठबन्धनमा अहिलेदेखि नै सिट बाँडफाँटबारे छलफल सुरु भएको छ ।

एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले पनि अहंकार पाले एमालेको जस्तो हालत बनाईदिने चेतावनी दिएका थिए । उनले पहिलो दल बनेको कांग्रेसले अहंकार पाल्न नहुने सुझाव दिँदै यस्तो चेतावनी दिएका थिए ।

कांग्रेसका नेताहरुले भने कांग्रेसले कहिल्यैपनि अहंकार नपालेको जवाफ दिने गरेका छन् । यही सन्दर्भमा गृहमन्त्री खाँणले प्रचण्डसँग छलफल गरेको बताईएको छ ।

  • २१ जेष्ठ २०७९, शनिबार १२:५० प्रकाशित