अर्थमन्त्री शर्माको जनप्रतिनिधिलाई निर्देशन : ठूला होइन, जनताका मन जित्ने साना काम गर्नुस्

केन्द्रभाग मिडिया

काठमाडौं ।

माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले रुकुमका जनप्रनिधिहरुलाई जनता खुसी हुने काम गर्न निर्देशन दिएका छन् ।

मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार बिहान अर्थमन्त्रालयमा भेट गरी गरेको अन्तरक्रियामा सो निर्देशन दिएका हुन् ।

जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पालिका भित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरे । ‘तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्’ उनले भने, ‘स्थानीय जनतालाई स–साना काम गरेरै खुसी बनाउनुस् । स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकताहरु पुरा गरेर सबैको मन जित्ने काम गर्नुस् ।’

  • २० जेष्ठ २०७९, शुक्रबार १५:४२ प्रकाशित