डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

केन्द्रभाग मिडिया

दिपायल ।
डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । शुक्रबार विहान जिल्लाको सायल गाउँपालिका – १ तेलपारामा सु।प। प्र। ०१००१ ज १३३४ नम्बरको जीप दुर्घटना भएको हो ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।  गम्भीर घाइते दुई जनालाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए ।

  • १३ जेष्ठ २०७९, शुक्रबार १५:४३ प्रकाशित