आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

केन्द्रभाग मिडिया

बुटवल ।

रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी भएको छ । डिपोमा ट्रयाङ्करबाट तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको प्रहरी नायव निरिक्षक लक्ष्मण डाँगीले जानकारी दिए ।

डाँगीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करबाट तेल खनाउने क्रममा आगलागी भएको हो ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणका प्रयास गरिरहेको र अन्य दमकल पनि आउने तयारीमा रहेको सई डाँगीले जानकारी दिए ।

  • १३ जेष्ठ २०७९, शुक्रबार १२:३९ प्रकाशित