पोखरा ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनले १४ औ वार्षीकोत्सव मनाएको छ । वार्षीकोत्सवको अवसरमा एसोसिएसनले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ट्राफिक किट व्याग प्रदान गरेको छ ।
एक कार्यक्रमबा बिच मंगलबार एसोसिएसनमा अध्यक्ष मोहन मोहन बाबु खड्काले ट्राफिक प्रहरी कार्यालयलाई ११० थान किट व्याग प्रदान गरे । दिनहुँ सडकमा ट्राफिक व्यवस्थापन गर्न खटिने प्रहरीलाई ट्राफिक व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उदेश्यले किट प्रदान गरिएको अध्यक्ष खड्काले बताए ।
यस्तै मंगलबार नै एसोसिएसनले विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री प्रदान गरेको छ । पोखरा ३१ लामास्वारामा रहेको इन्द्रेणी आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको एसोसिएसन सदस्य टिका कुमारी गुरुङले जानकारी दिइन् ।
एसोसिएनले सामाजिक उत्तरदायीत्व अन्र्तगत ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको गुरुङले बताइन् । नयाँ शैक्षिक सत्र सुरु भएको अवस्थामा विद्यार्थीलाई विद्यालय आउन प्रेरणा मिल्ने गुरुङले बताइन् ।
शैक्षिक सामाग्री कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण गुरुङले ग्रामिण क्षेत्रका विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरे एसोसिएसनले शैक्षिक गुणस्तर सुधारमा सहयोग गरेको बताए ।
कार्यक्रममा एसोसिएसनका पूर्वअध्यक्षहरु राजेन्द कुमार बाटाजु, सम्भुलाल श्रेष्ठ, र माधव पौडेल, बरिष्ठ उपाध्यक्ष कृष्ण श्रेष्ठ, उपाध्यक्ष रागव सिलवाल, महासचिव दिपेन्द्र कोइराला, सचिव निरन केसी, कोषाध्यक्ष शिव श्रेष्ठ, कार्यसमिति सदस्य टिका कुमारी गुरुङ, असोक चालिस र छबी सुवेदीको उपस्थिति रहेको थियो ।