पोखरामा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

पोखरामा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ।सरकारले जेठ २२ देखि २८ गतेसम्म पोखरामा तय गरिएको प्रतियोगिता सारेको हो । प्रतियोगिता अब असोज २८ देखि ३ गतेसम्म हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

खेलाडीलाई तयारी समय नपुगेको भन्दै प्रतियोगिता सार्ने खेलकुद मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ। मंगलबार बसेको बैठकले पहिले नै इस्टमेट गरिएको ६० करोड खर्चमा प्रतियोगिता सञ्चालन गर्न सहमति दिएको हो।

  • १० जेष्ठ २०७९, मंगलवार १५:२५ प्रकाशित