पोखराको हुनेवाल मेयरलाई बजेटको चिन्ता : मतगणना छोडेर अर्थमन्त्री शर्मालाई भेट्न काठमाडौं

केन्द्रभाग मिडिया

पोखरा  ।

पोखरा महानगरको मतगणना जारी छ। नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा धनराज आचार्यले जित सुनिश्चित गरेका छन्। पोखराको प्रमुखमा आफ्नो जित सुनिश्चित भएपछि धनराज काठमाडौं पुगेर अर्थमन्त्री जनार्दन शर्मासंग भेट गरेका छन् । मतगणना स्थालका पत्रकासंग संक्षिप्त कुरा गदै आचार्यले बजेट वारे अर्थमन्त्रीसंग कुरा गरेको जानकारी दिए ।

मतगणना जारी रहँदा धनराज शनिवार काठमाडौं पुगेर सोमबार पोखरा फर्किएका हुन्।

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नलागि ल्याण्डफिल साइट निर्माण प्रमुख चुनौती बनेको छ। जसका लागि धनराज आवश्यक बजेट माग गर्दै अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका हुन्। ल्याण्डफिल साइट स्थानान्तरण गर्नका लागि पोखरासँग पर्याप्त बजेट नभएपछि उनी सङ्घ सरकार  बजेट माग गर्न पुगेका हुन्।

‘जितको कुरामा पहिल्यैदेखि पक्का थिए। अब, बजेट आउँदै छ। त्यसैले पोखराका लागि तत्काल समेट्नुपर्ने योजना अर्थमन्त्री समक्ष टिपाएर आएको छु,’ धनराजले भने, ‘चुनौती बनेको ल्यान्ड फिल्ड साइट यही बजेटमा समेटिएन भने फेरि ६ महिना १ वर्ष ढिलो हुन्छ । म ढिलो हुन चाहन्नँ।’

यस्तै, पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न माग पनि गरेको उनले बताए ।

 

  • १० जेष्ठ २०७९, मंगलवार १५:०७ प्रकाशित