वीरगन्जमा मेयर उपमेयर दुवैमा गठबन्धनका उम्मेदवार विजयी

केन्द्रभाग मिडिया

वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाको मेयर र उपमेयर दुवैमा सत्तागठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् ।

मेयरमा राजेशमान सिंह विजयी र उपमेयरमा इम्तियाज आलम विजयी भएका छन् । महानगरका ३२ वटै वडाको मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान विजयी भएका हुन् ।

नेकपा एमालेका मेयरका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै राजेशमान मेयरमा निर्वाचित भएका हुन् । मेयरमा विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार १ सय ७१ मत पाएका छन् ।

महानगरको उपमेयरमा पनि आलमले निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गरेका हुन् । आलम गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन् ।

  • १० जेष्ठ २०७९, मंगलवार ०९:१९ प्रकाशित