मतगणनाको नवौं दिन : हालसम्म कुन पार्टीले कति प्रमुख/उपप्रमुख जिते ? परिणामसहित

केन्द्रभाग मिडिया

पोखरा ।

२०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना आज ९ औं दिन पनि जारी छ । जारी मतगणनामा नेपाली कांग्रेसले धेरै पालिका प्रमुख र उपप्रमुख जितेको छ । भने कांग्रेसले नै धेरै स्थानमा अग्रता लिइरहेको छ ।

हाल सम्म कांग्रेसले ३१२ प्रमुखर र २८७ उपप्रमुखमा जितेको छ । यस्तै कांग्रेसले १५ पालिका प्रमुखर र ११ मा अग्रता लिएको छ । नेकपा एमालेले १९१ प्रमुखर र २१८ उपप्रमुखमा जितेको छ । १० प्रमुख र २० उपप्रमुखमा अगाडि छ ।

नेकपा माओवादी केन्द्रले १२० पालिका प्रमुखर १२६ उपप्रमुखमा जितेको छ भने हाल ३ प्रम्ख र ६ उपप्रमुखमा अग्रता लिएको छ।
जसपा नेपालले २८ पालिका प्रमुखर ३० उपप्रमुख जित्दा, ४ प्रमुख र ५ उपप्रमुखमा अग्रता लिएको छ । एकीकृत समाजवादीले १७ पालिका प्रमुख र २० उपप्रमुखमा जितेको छ भने २ प्रमुख र १ उपप्रमुखमा अगाडि छ ।

लोसपाले १३ पालिका प्रमुख ९ उपप्रमुखमा जितेको छ । भने ३ प्रमुख र २ उपप्रमुखमा अगाडि छ । विवेकशील साझाले १ प्रमुख र १ उपप्रमुख जितेको छ ।

राप्रपाले ४ प्रमुख र ४ उपप्रमुखमा जितेको छ । यस्तै राष्ट्रिय जनमोर्चा ४ प्रमुख र ३ उपप्रमुख, नेमकिपा १ प्रमुख र १ उपप्रमुख, जनमत पार्टी २ प्रमुख १ उपप्रमुख, जनता प्रगतीशील पार्टी नेपाल १ प्रमुख र १ उपप्रमुखमा विजयी भएको छ ।

यस्तै तमलोपा १ प्रमुख, नागरिक उन्मुक्ति पार्टी ४ प्रमुख ३ उपप्रमुख , स्वतन्त्र १०प्रमुख ४ उपप्रमुखमा विजयी भएको छ । भने स्वतन्त्रले ३ प्रमुखमा अग्रता लिएको छ।

  • ८ जेष्ठ २०७९, आईतवार १४:३० प्रकाशित