पोखरा ।
आयात घटाउन सरकारले भन्सार महसुल बढाउने तयारी गरेको छ।
चालु वर्षमा आयातको ग्राफ तीव्र गतिमा उकालो लागेपछि सरकारले नीतिगत रुपमै आयातलाई निरुत्साहित गर्न बजेटमा भन्सार शुल्क बढाउने तयारी गरेको हो । यसअघि सरकारले बढ्दो आयातले वैदेशिक मुद्रा सञ्चिति घट्दै गएपछि औपचारिक रूपमै केही वस्तुमा प्रतिबन्ध लगाएको छ।
सरकारले अल्पकालीन नीति अबलम्वन गर्दै प्रतिबन्ध लगाएको हो।राजस्व परामर्श समितिले पनि आयात निरुत्साहित गरेर स्वदेशी उत्पादनलाई बढावा गर्न कर नीति परिमार्जनका लागि सुझावसमेत दिइसकेको छ।
सरकारलाई राजस्व र वैदेशिक मुद्रा सञ्चिति दुवै सन्तुलित गर्न उपयुक्त उपाय भन्सार बढाउनुपर्ने निष्कर्ष अर्थमन्त्रालयले निकालेको छ। मन्त्रालयको राजस्व महाशाखाले अहिले कुन वस्तुमा कतिसम्म भन्सार वृद्धि गर्न सकिन्छ भनि अध्ययन अन्तिम चरणमा पुर्याएको छ।
अर्थमन्त्रालयले भन्सारदर बढाउने वस्तुको सूची समेत तयार पारिसकेको छ।
अर्थमन्त्रालयको भन्सारदर बढाउने वस्तुको नाम