पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

केन्द्रभाग मिडिया

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर १६ को वडा अध्यक्षमा काँग्रेसले अग्रता कायम गरेको छ ।

महानगरका लागि मेयर पदमा एमालेबाट उम्मेदवार बनेका कृष्ण थापाको गृहवडामा वडाध्यक्ष पदमा काँग्रेसले एमालेलाई ९३ मतले पछाडी पारेका छन् ।

हालसम्म ६००१ मतगणना हुदाँ नेपाली काग्रेसका उमेद्वार अमित शर्मा तिमिल्सिनाले २ हजार ६ सय ४६ मत ल्याएको छ भने एमालेका उमेद्वार राजेश गुरुङले २ हजार ५ सय ५३ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्य, महिला सदस्यमा र दलित सदस्यमा एमालेका उमेद्वारहरु आगडी रहेका छन् ।

  • ८ जेष्ठ २०७९, आईतवार १३:०० प्रकाशित