काठमाडौं ।
भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ७ हजार बढी मतले अग्रता कायम राखेकी छन् । ८९ हजार ४०८मत गन्दा उनको अग्रता ७ हजार ३८८ रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार उनले ३५ हजार ४९ मत प्राप्त गरेकी छन् । एमाले र राप्रपाको साझा उम्मेदवार विजय सुवेदीले २७ हजार ६६१ मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८२३ मत पाएका छन् ।उपमेयरमा पनि गठबन्धनका चिसेन अधिकारी अगाडि छन् । उनले ३७ हजार २७३ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २१ हजार ८८३ मत पाएकी छिन् ।














