एमाले उपाध्यक्ष विष्णु पौडेलको वडामा कांग्रेस विजयी

केन्द्रभाग मिडिया

बुटवल ।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडामा कांग्रेस विजयी भएको छ । बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका छन् ।

एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३१ मत अन्तरले पछि पार्दै पंगेनी विजयी भएका हुन् । यो वडामा विगत ३० वर्षसम्म निरन्तर विजयी भएको एमालेले यसापाली भने हार बेहोरेको हो । कांग्रेस भने यो वडामा २०४९ सालयता पहिलोपटक विजयी भएको हो ।

यो वडामा ३ हजार ४३० मत खसेको थियो ।

  • ६ जेष्ठ २०७९, शुक्रबार १०:१४ प्रकाशित