पोखराको उपमेयरमा कडा टक्कर, कोपिलालाई पुन ९८ मतको अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महागरको उपमेयर पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट र नेकपा एमालेकी उम्मेदवार मञ्जु गुरुङ बीच कडा टक्कर देखिएको छ ।

मत गणनाको परिणाम आउँदा दुबैले एक अर्कालाई पछि पार्ने क्रम चलिरहेको छ । पछिल्लो मत परिणाम आउँदा पुन : कोपिला रानाभाटले अग्रता कायम गरेकी छन् ।

पछिल्लो परिणाम अनुसार ५८ हजार १२२ मत गणना हुँदा उनले २४ हजार ३०४ मत प्राप्त गर्दै अग्रता कायम गरेकी हुन् । नेकपा एमालेको तर्फबाट उपमेयर पदका उम्मेदवार मञ्जु गुरुङले २४ हजार २०६ मत ल्याएर रानाभाटलाई पछ्याई रहेकी छन् ।

उनी रानाभाट भन्दा ९८ मतले पछाडी छन् । राप्रपाको तर्फबाट उपमेयर पदका उम्मेदवार रञ्जना सेनले दुई हजार २१ मत प्राप्त गरेकी छन् ।

पोखरा महानगरपालिकामा गठबन्धन दलहरुको तर्फबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रता थप बढाउँदै लगेका छन् । उनले २४ हजार ३२ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका मेयर उम्मेदवार कृष्ण थापाले २१ हजार १८७ मत प्राप्त गरेका छन् । थापा आचार्य भन्दा दुई हजार ८४५ मतले पछाडी छन् ।

राप्रपाको तर्फबाट पोखरामा उपमेयरका उम्मेदवार शंकर खरालले दुई हजार ४१३ मत ल्याएका छन् ।

मेयर पदमा स्वतन्त्र उम्मेदवार गनेश पौडेलले १३८८ मत प्राप्त गरेका छन् ।  पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो ।

  • ५ जेष्ठ २०७९, बिहीबार २१:४२ प्रकाशित