काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवम् जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगरमा माओवादी केन्द्र विजयी भएको छ । गोरखाको पालुङटारको मेयर र उपमेयर दुवैमा माओवादी केन्द्र विजयी भएको हो।
नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङको ५७१७ मत आयो।
त्यहाँ जसपाले एमालेसँग गठबन्धन गरेको थियो । तर माओवादीले कांग्रेस र जसपा एमालेको बीचको गठबन्धनलाई भत्काउँदै जित निकालेको हो ।
यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे विजयी भइन्। उनले ५५७९ मत ल्याउँदा उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत पाएकी छन् । गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४२८१ मतका साथ तेस्रो भइन् ।














