पुतलीबजार नगरपालिकामा एमाले किल्ला तोड्दै कांग्रेस विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयरमा तुलसी रेग्मी निर्वाचित भएका छन् । रेग्मीले १२ हजार ४९४ मत ल्याएर मेयरमा निर्वाचि भएका हुन् । उनका निकतम प्रतिस्पधी नेकपा एमालेका सिमा क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन् ।

उपमेयर पदमा नेपाली कांग्रेसकै देवि अर्याल निर्वाचित भएकी छन् । उनले ११७४८ मत ल्याएर निर्वाचित भएकी हुन् । उपमेयरमा अर्यालका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार महेश पुरीले १० हजार ७६१ मत ल्याए ।

पुतलीबजार नगरपालिका २०५४ र २०७४ मा नेकपा एमालेले जितेको नगरपालिका हो । २०७४ को निर्वाचनमा मेयरमा सिमा क्षेत्री र उपमेयरमा महेस पुरी निर्वाचित भएका थिए । पुतलीबजार नगरपालिकाका १४ वटा वडा मध्ये ९ वटा वडामा कांग्रेसले र ५ वटा वडामा एमालेले जितेको छ ।

कांग्रेसले वडा नम्बर १, ३, ४, ५, ७, ८, १०, ११ र १४ मा जित हात परेको छ । नेकपा एमालेले वडा नम्बर २, ६, ९, १२ र १३ मा जित हात पारेको छ ।

  • ३ जेष्ठ २०७९, मंगलवार १९:५१ प्रकाशित