पोखरा ।
सशस्त्र प्रहरीको एपिएफ क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकोको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशलामा शनिबार भएको खेलमा धरान फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै साबिक विजेता एपिएफ सेमिफाइनल छिरेको हो ।
खेलको ३६ औँ मिनेटमा विकु तामाङको गोलबाट अग्रता लिएको एपिएफका लागि ३९ औँ मिनेटमा युवराज खड्काले दोस्रो गोल गरे । धरान सुरुदेखि नै दबाबमा थियो । दोस्रो हाफमा केही सुधार गरेपनि नतिजा उल्टाउन सकेन ।
एपिएफले अघिल्लो सिजनमा मनाङ मर्स्याङ्दी क्लबलाई हराएर उपाधि जितेको थियो । आहा राराको विजेताले १२ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ६ लाख पाउने छ ।