पोखरा ।
कविशिरोमणि लेखनाथ पौडेलको १३९ औँ जन्मजयन्ती मनाइएको छ । कविको जन्मस्थान लेखनाथको अर्घौँ अर्चलेमा एक कार्यक्रमबाबिच जन्मोत्सव मनाइएको हो । कबिजन्मोत्सवको अवसरमा विधि क्षेत्रका चारजनालाई सम्मान गरिएको छ ।
लेखनाथ साहित्य पुरस्कारबाट नेपाली भाषा विज्ञ प्रा.डा. चुडामणि बन्धु,कुन्तीदेवी साहित्य पुरस्कारबाट लोक गायीका हरिदेवी कोइराला र लेखनाथ सांस्कृतिक पुरस्कारबाट वेदनाथ अधिकारी सम्मानीत भए ।
यस्तै पत्रार सरिता लिम्सिना पंगेनीलाई लेखनाथ पत्रकारिता पुरस्कारबाट सम्मानित गरियो ।
सम्मानित चारजनालाई गण्डकी प्रदेश सभा सदस्य खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गरे ।













