पोखरा ।
२२ औं संस्करणको आहा रारा गोल्डकपमा सर्वाधिक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले क्वाटरफाइलनमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबार भएको खेलमा पुलिसलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै चर्च ब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको हो । जितका लागि चर्च ब्वाइजका कप्तान अनन्त तामाङ र अन्जन विष्टले १/१ गोल गरे । पुलिसको तर्फबाट रवि शंकर पासवानले एक गोल गरे ।
२५ औं मिनेटमा रबी पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ७७ औं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई १/१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको निर्धारित ९० मिनेट १/१ गोलको बराबरीमा सकिदा खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा अनन्तले गोल गर्दै चर्च ब्वाइजलाई २/१ को जित दिलाए ।
पुलिसले पहिलो हाफमा गोल गरे पनि त्यस पछि खेलमा फर्कन सकेन । चर्चले भने आहा–राराको पहिलो सहभागितामा सुखःद सुरुवात गरेको छ ।