पोखरा ।
महान फुटबल खेलाडी पेलेको निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग संघर्षरत पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । इन्स्टाग्राममा उनकी छोरी केली न्यासिमेन्टोले पेलेको निधनको पुष्टि गरेकी हुन् ।
‘हामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको हो। हामी तपाईंलाई धेरै माया गर्छौँ । हार्दिक श्रद्धाञ्जली !’
पेलेले आफ्नो देश ब्राजिलका लागि तीन पटक सन् १९५, १९६२ र १९७० मा विश्वकप फुटबलको उपाधि जिताउन सफल भएका थिए ।