कांग्रेस गण्डकी संसदीय दलको नेतामा पाण्डे विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।

उनले १८ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धामा उत्रेका भोजराज अर्यालले ८ मत ल्याए । एक मत बदर भयो ।

पाण्डे सभापति शेरबहादुर देउवा निकटका हुन् भने, इतर समूहका अर्यालले आफ्नै समूहका भनिएका सांसदको समेत मत पाउन सकेनन् ।

अर्याल निकट सांसदले १३ मत आकलन गरेका थिए । गण्डकीमा काङ्ग्रेसका २७ सांसद छन् ।

  • १३ पुष २०७९, बुधबार १६:३४ प्रकाशित