नेपाली रेलमा किचिएर एक जनाको निधन

केन्द्रभाग मिडिया

जयनगर ।
कुर्था सञ्चालन हुने नेपाली रेलमा किचिएर एक जनाको निधन भएको छ । भारतको जयनगरबाट कुर्थाको खुलेसम्म चल्ने रेलमा धनुषाको वैदेही स्टेसनमा किचिएर धनुषाको नगराइन नगरपालिकाका– ३५ वर्षीय पूर्ण सदाको निधन भएको प्रहरीले जनाएको छ ।

टिकट नलिएका सदा दौडेर रेलमा चढ्ने क्रममा लडेपछि रेलमा किचिएर निधन भएको धनुषाका प्रहरी नायब उपरीक्षक दीपक क्षेत्रीले जानकारी दिए । मृतकको शवलाई पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

यता, घटनाको छानबिनका लागि नेपाल रेल्वे कम्पनीले छानबिन समिति गठन गर्ने जनाएको छ । छानबिनको प्रतिवेदनअनुसार मृतक परिवारले क्षतिपूर्ति पाउने वा नपाउने विषयमा निर्णय हुने नेपाल रेल्व कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । घटनाले रेल सञ्चालनमा कुनै अवरोध नभएको बताए ।

  • १३ पुष २०७९, बुधबार १३:३९ प्रकाशित