पोखरा ।
गण्डकी प्रदेशसभाको अधिवेशन १८ पुसका लागि बोलाइएको छ ।
मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १८ पुस दिउँसो ३ बजेका लागि संसदको अधिवेशन आह्वान गरेका हुन् ।
पुस १३ गते जेष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुखसंग शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । भने १४ गते जेष्ठ सदस्य बस्यालले ५९ प्रदेश सभा सदस्यलाई प्रदेश सभा परिषर्मा शपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।














