पोखरा ।
यहि पुस १४ गतेबाट सुरु हुने २२ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको तयारी पुरा भएको साहारा क्लव पोखराले जनाएको छ । साहाराले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।
प्रतियोगतामा १० टिमले सहभागीता जनाएका छन् । पोखराको उधोग हिमश्री फुड्सको उत्पादन आहा ! रारा चाउचाउको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगितामा उपाधी विजेता टिमले नगद १२ लाख, उपबिजेता हुने टिमले ६ लाख प्रदान गरिने क्लवका अध्यक्ष हरेराम गुरुङले जानकारी दिए ।
प्रतियोगितामा १ करोड ५९ लाख ५० हजार आम्दानी र १ करोड १३ लख खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिताको पहिलो चरणका खेल हेर्न दर्शकले १ सय, सेमिफाइनलका लागि २ सय र फाइनलका लागि ३ सयको टिकट लाग्ने छ ।
सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार तामाङलाई
साहाराले हरेक वर्ष प्रदान गर्ने सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट अनन्त तामाङ पुरस्कृत हुने भएका छन् । साहारा क्लव पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी पुरस्कार तामाङलाई प्रदान गर्न लागिएको जानकारी दियो ।
पुरस्कारको राशी ५० हजार ५ रुपैया रहेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । यस वर्ष १५ हजारले पुरस्कार राशी बृद्धि गरिएको ५० हजार ५ रुपैया पुर्याइएको हो ।